arrow

काठमाडौँ ३ को मतगणना शुरू

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २१ बिहिबार
election-2082-new.jpg

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको मतगणना शुरू भएको छ । मतदान साँझ ५ बजे सकिएपछि राति करिब ११ बजेतिर काठमाडौँ क्षेत्र नम्बर ३ को मतगणना शुरू भएको हो । 

गोकर्णेश्वर नगरपालिकाको वडा नम्बर १ बाट मतगणना सुरू गरिएको निर्वाचन अधिकृत चमिला भट्टराईले जानकारी दिइन्। सर्वदलीय सहमतिपछि हामीले मतगणना शुरू भएको हो । 

योसँगै यो क्षेत्रको अन्तिम मत परिणाम शुक्रबार दिउँसोसम्म आइसक्ने दाबी गरिएको छ । 

यो क्षेत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ उम्मेदवार छन् । यहाँ नेकपा एमालेका नेता रामेश्वर फुयाल, नेपाली कांग्रेसका रमेश अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का निरज लामा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का डा. सुन्दरसिंह बोहरा (सुन्दरराम) सहित १६ जना उम्मेदवार छन् । जसमा ६ जना स्वतन्त्र उम्मेदवार हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ