arrow

मकवानपुरका दुवै क्षेत्रमा मतगणनाको तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
election-falgun2102082-1.jpg

हेटौँडा । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मकवानपुरका दुवै क्षेत्रको मतगणना आजबाट शुरू गरिने भएको छ ।

बिहीबार सम्पन्न मतदानपछि मतपेटिकाहरू सुरक्षित रूपमा मतगणना स्थलमा ल्याएर राखिएको र सर्वदलीय बैठकपछि मतगणना सुरु गर्न लागिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मकवानपुर क्षेत्र नं १ र क्षेत्र नं २ का सबै मतदान केन्द्रबाट मतपेटिका संकलन गरी हेटौँडास्थित भुटनदेवी माध्यमिक विद्यालयमा ल्याइ सकिएको र सुरक्षित रूपमा राखिएको छ।

सर्वदलीय बैठक बसेर मतगणनाको प्रक्रिया, गणना स्थलको व्यवस्थापन तथा प्रतिनिधिहरूको उपस्थितिबारे सहमति भएपछि आजबाट मतगणना शुरू गरिने तयारी गरिएको हो ।

मतगणनाका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाइएको छ। गणना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मीको कडा सुरक्षा व्यवस्था गरिएको छ भने सीसीटीभी क्यामेरासहित तार जाली लगाएर गणना स्थललाई व्यवस्थित बनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ