arrow

रास्वपा र कांग्रेसले खोले खाता, रास्वपा ५३ स्थानमा अगाडि, कांग्रेस ८ मा  

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
ele82-11-22r.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले एक एक स्थानमा जित हासिल गरेका छन् । 

रास्वपा काठमाडौँ १ मा विजयी भएको हो । काठमाडौँ १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् ।

कांग्रेस मुस्ताङमा विजयी भएको हो । योगेश गौचन थकाली विजयी भएका हुन् । 
   
रास्वपा ५३, नेपाली कांग्रेस ८, नेकपा एमाले ६ र नेपाली कम्युनिष्ट पार्टी ४ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै श्रम संस्कृति १, राप्रपा १ र अन्य १ स्थानमा अगाडि रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ