arrow

तनहुँ १ मा रास्वपाका स्वर्णिम वाग्लेको अग्रता कायमै, मतान्तर बढ्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
swarnim-govinda1.jpg

काठमाडौँ। तनहुँ प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सुरुवाती अग्रतालाई कायमै राखेको छ। मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद उपाध्यायका अनुसार आज बिहान ११ बजेसम्मको परिणाममा रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्लेले प्रतिस्पर्धीभन्दा स्पष्ट अन्तर बनाउँदै अग्रता लिएका हुन्।

हालसम्मको विवरणअनुसार रास्वपाका डा. स्वर्णिम वाग्लेले २ हजार ९२८ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले १ हजार ६५७ मत पाएका छन् भने नेकपा (एमाले) की उम्मेदवार भगवती न्यौपानेले १ हजार १०१ मत प्राप्त गरेकी छन्। यस्तै, नेपाली कम्युनिस्ट पार्टीका विद्यानाथ ढकालले ३२३ र राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदत्त जोशीले ८६ मत पाएका छन्।

यस क्षेत्रअन्तर्गत देवघाट गाउँपालिकाको ६ हजार ५६६ मतगणना सकिएको छ, जसमा ६ हजार २३४ मत सदर भएको छ। तनहुँ १ मा कुल १ लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १२९ मत खसेको थियो। यहाँ विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १६ जना उम्मेदवारहरू चुनावी मैदानमा छन्। अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ