arrow

कैलाली अपडेट: क्षेत्र नं ४ मा मतगणना शुरु, क्षेत्र नं १ मा रास्वपाका ज्ञवालीको अग्रता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
election-nirbachan-nepal-2082-hamrakura.jpg

काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यका लागि भएको मतदानको गणना कार्य शुरु भएको छ। निर्वाचन अधिकृत हरिप्रसाद आचार्यका अनुसार गेटास्थित निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बसेपछि मतगणना शुरु गरिएको हो।

मतगणना गोदावरी नगरपालिका–१ बाट थालिएको जानकारी उनले दिए। कैलाली–४ मा कुल १ लाख १५ हजार १४३ मतदाता रहेकामा ६३ हजार ३४ जना (५४.७४ प्रतिशत) ले मतदान गरेका थिए। यस क्षेत्रमा नेपाली कांग्रेसका गोरखबहादुर विष्ट (आनन्द), नेकपाका लेखराज भट्ट र रास्वपाका खेमराज कोइरालाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा भएको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिएको छ। २ हजार ९६० मत गणना गर्दा रास्वपाका उम्मेदवार कोमल ज्ञवाली ८६२ मतका साथ अगाडि छन्।

उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका जनकराज चौधरीले ७१७ मत प्राप्त गरेका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार फागुराम थारूले ६४६ मत पाएका छन् भने नेकपाका रामलाल डगौरा थारूले २०७ मत ल्याएका छन्। नेकपा (एमाले) का द्वारिकाप्रसाद न्यौपानेले १८९ र उज्यालो नेपाल पार्टीका प्रदीपकुमार चौधरीले १२२ मत प्राप्त गरेका छन्। कैलाली १ मा अहिले गणना कार्य तीव्र रूपमा अघि बढिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ