arrow

कैलाली अपडेट: क्षेत्र नम्बर १ मा कांग्रेसको अग्रता, अन्य क्षेत्रमा रास्वपा र नेकपा अगाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
election-2082-new.jpg

काठमाडौँ। सुदूरपश्चिमको कैलाली जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना रोचक मोडमा पुगेको छ। जिल्लाका ५ वटा निर्वाचन क्षेत्रमध्ये कतै नयाँ शक्ति त कतै पुराना दलहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ।

कैलाली क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार जनकराज चौधरीले ७१७ मतका साथ अग्रता लिएका छन्। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कोमल ज्ञवालीले ६६२ र स्वतन्त्र उम्मेदवार फागुराम चौधरीले ६४६ मतका साथ पछ्याइरहेका छन्। यस्तै, क्षेत्र नम्बर २ मा नेपाली कम्युनिस्ट पार्टीका नन्दबहादुर साउदले ४४१ मत प्राप्त गरी कांग्रेसका विजयबहादुर स्वाँर (४०७ मत) लाई उछिनेका छन्। यहाँ रास्वपाका केपी खनाल ३१६ मतका साथ तेस्रो स्थानमा छन्।

धनगढीसमेत पर्ने कैलाली क्षेत्र नं ५ मा रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्दले ३ हजार ९४४ मतका साथ भारी अग्रता लिएका छन्। उनलाई कांग्रेसका नरनारायण शाहले १ हजार ४७५ मत र नेकपा (एमाले) का यज्ञराज ढुङ्गानाले ८४६ मतका साथ पछ्याइरहेका छन्। चन्दको यो अग्रताले यस क्षेत्रमा रास्वपाको बलियो पकड देखाएको छ।

कैलाली क्षेत्र नं ३ मा नेपाली कम्युनिस्ट पार्टीका वीरमान चौधरी ६०४ मतका साथ अगाडि छन्। उनलाई रास्वपाका जगतप्रसाद जोशीले २७५ र नागरिक उन्मुक्ति पार्टीका विक्रम चौधरीले २५२ मतका साथ पछ्याइरहेका छन्। अहिले सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ