arrow

मोरङ ३ मा सुनील शर्मा केही मतले पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
sunil-sharma-morang-21-11.jpg

काठमाडौँ । मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यको मतगणना निकै प्रतिस्पर्धात्मक बनेको छ। पछिल्लो प्राप्त परिणामअनुसार नेपाली कांग्रेसका प्रभावशाली उम्मेदवार सुनीलकुमार शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश कार्कीभन्दा केही मतले पछाडि परेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार रास्वपाका गणेश कार्की १ हजार ९२५ मतसहित पहिलो स्थानमा छन्। उनलाई पछ्याइरहेका कांग्रेसका सुनीलकुमार शर्माले १ हजार ८१० मत पाएका छन्। कार्की र शर्माबीचको अन्तर मात्र ११५ मतको छ।

यस्तै, श्रम संस्कृति पार्टीका अमीर मगरले १ हजार ७७६ मत ल्याएर चुनावी प्रतिस्पर्धालाई त्रिपक्षीय बनाएका छन् भने नेकपा (एमाले) का इरन राई ४९० मतका साथ चौथो स्थानमा छन्। अघिल्लो निर्वाचनमा भारी मतान्तरले जितेका सुनील शर्मा यसपटक सुरुवाती गणनामा केही पछि परेपछि यस क्षेत्रको नतिजा झन् कौतुहलयपूर्ण बनेको छ। अहिले यस क्षेत्रमा मतगणना कार्य तीव्र गतिमा अघि बढिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ