arrow

 रास्वपाको अग्रता सय पार

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
election-result-design8.jpg

काठमाडौँ । प्रतिनिधि सभा सदस्यको बिहीबार भएको निर्वाचनको पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाली कांग्रेसले एक एक स्थानमा जित हासिल गरेका छन् । 

रास्वपा काठमाडौँ १ मा विजयी भएको हो । काठमाडौँ १ मा रञ्जु न्यौपाने दर्शना विजयी भएकी छिन् ।

कांग्रेस मुस्ताङमा विजयी भएको हो । योगेश गौचन थकाली विजयी भएका हुन् । 
   
१४१ स्थानको मतगणना भइरहँदा रास्वपाले सय पार स्थानमा अग्रता हासिल गरेको छ । नेपाली कांग्रेस १०, नेकपा एमाले ११ र नेपाली कम्युनिष्ट पार्टी १० स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै श्रम संस्कृति २, राप्रपा ३, उज्यालो नेपाल १, प्रलोपा १ र स्वतन्त्रमा १ स्थानमा अगाडि रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ