arrow

सोलुखुम्बुमा मतगणना शुरू: लिखुपिके गाउँपालिकाबाट गणना थालियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २२ शुक्रबार
solukhumbu-matgarana.jpg

काठमाडौँ। सोलुखुम्बुमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना कार्य शुरू भएको छ। सर्वदलीय बैठक सकिएपछि आज साँझ ८:४५ बजेदेखि गणना कार्य अघि बढाइएको हो। जिल्लाका आठवटै स्थानीय तहका मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सङ्कलन गरिसकेपछि गणना प्रारम्भ गरिएको हो।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार लिखुपिके गाउँपालिकाबाट मतगणनाको शुरूआत गरिएको छ। उक्त गाउँपालिकामा कुल २ हजार ३७१ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। सोलुखुम्बुमा कुल ८५ हजार ५१५ मतदाता रहेकामा ४१ हजार ४०१ जनाले मतदान गरेका थिए। मतदान गर्नेहरूमा १९ हजार ८११ महिला र २१ हजार ५९० पुरुष छन्।

भौगोलिक विकटता र दुर्गम क्षेत्रका कारण माथिल्लो भेगबाट मतपेटिका ढुवानी गर्न बढी समय लागेकाले मतगणना शुरू गर्न केही ढिलाइ भएको हो। अहिले सबै दलका प्रतिनिधिहरूको रोहबरमा सुरक्षित रूपमा मतगणना कार्य भइरहेको छ। यहाँ एमालेका मानवीर राई, कांग्रेसका प्रकाश सिंह कार्की र रास्वपाका ऋषि धन थुलुङ राई लगायतका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ