arrow

महावीरको घतलाग्दो सन्देश

महावीर पुन निर्वाचित, विजय जुलुस ननिकाल्न आग्रह

उनले लेखेका छन्, ‘बेनीमा विजय जुलुस निकाल्न कोही पनि पैसा र समय खर्च गरेर नआउनु होला, किनभने विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीहरूलाई उडाउन हुन्न’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
mahabir-pun-20-08.jpg
तस्बिर : फाइल

म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । २२ हजार ८५० मतका साथ पुन निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले सात हजार ९१९ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जानकारी दिए ।  

नेपाली कांग्रेसका कर्णबहादुर भण्डारीले छ हजार ८८४ र नेपाली कम्युनिष्ट पार्टीका अर्जुन थापाले तीन हजार ५२९ मत प्राप्त गरे । बिहीबार भएको मतदानमा म्याग्दीमा ८६ हजार ३९७ जना मतदाता रहेकोमा ४६ हजार २१५ मत खसेको थियो । 

यता जित सुनिश्चित हुनासाथ महावीरले कुनै पनि विजय जुलुस ननिकाल्न आग्रह गरेका छन् । उनले सामाजिक संजालमा लेख्दै पराजित हुनेहरूसँग मिलेरै विकासका काम गर्नुपर्ने भएकाले हारेका प्रतिस्पर्धीलाई उडाउन नहुने तर्क गरेका छन् । 

उनले लेखेका छन्, ‘बेनीमा विजय जुलुस निकाल्न कोही पनि पैसा र समय खर्च गरेर नआउनु होला । किनभने विजय जुलुस निकालेर चुनावमा हारेका प्रतिस्पर्धीहरूलाई उडाउन हुन्न ।’

महावीर अन्तरिम चुनावी सरकारका मन्त्री भए पनि उनले शिक्षामा केही राम्रो गर्न खोज्दा कर्मचारीतन्त्रबाट रोकिएकाले अब यो कुरा संसदबाटै उठाउने भन्दै चुनावमा होमिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ