arrow

समानुपातिकमा ५६ प्रतिशत मत रास्वपालाई 

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
rsp-nc-uml-ncp.jpeg

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फ रास्वपाले स्पष्ट बहुमत ल्याउने पक्का भइरहँदा समानुपातिकतर्फ पनि उच्च मत प्राप्त गरेको छ । 

रास्वपाले ५६ प्रतिशत मत समानुपातिकमा प्राप्त गरेको छ । ७५ हजार १५३ सदर मतमा रास्वपाले ४२ हजार ०४० मत हासिल गरेको छ । त्यस्तै नेपाली कांग्रेसले १२ हजार ५५३ मत पाएको छ । 

नेकपा एमालेले ७ हजार १३८ मत ल्याउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ हजार १९२ मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले ३ हजार१६४ मत पाएको छ । 

श्रम संस्कृति पार्टीले १ हजार२९१ मत प्राप्त गरेको छ । राष्ट्रिय परिवर्तन पार्टीले १ हजार २९१ मत पाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ