-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
चरीकोट । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत दोलखामा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा अगाडि रहेको छ ।
रास्वपाका जगदीश खरेल ११ हजार ७३५ मतसहित शीर्ष स्थानमा छन् । दोस्रो स्थानमा निवर्तमान सांसद पार्वत गुरुङ रहेका छन् । उनले ८ हजार ५१६ मत ल्याएका छन् ।
तेस्रो स्थानका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार विशाल खड्काको ७ हजार ४८२ मत रहेको छ ।
चौथो स्थानका नेपाली कांग्रेसका उम्मेदवार अजयबाबु शिवाकोटीको ४ हजार ४३३ मत रहेको छ ।
अन्य उम्मेदवारले भने एक हजार मत पनि ल्याएका छैनन् ।