प्रेम आलेलाई पछि छोड्दै कैलाली ५ मा रास्वपाका आनन्दबहादुर विजयी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
797
Shares
काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
मुख्य निर्वाचन अधिकृत भुवनसिंह थापाका अनुसार चन्दले ३१ हजार ९५३ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धीहरूलाई ठूलो मतान्तरले पछि पार्दै सुदूरपश्चिममा 'घण्टी' को बलियो उपस्थिति देखाएका छन्।
यस क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार नरनारायण शाहले ११ हजार ९५८ मत प्राप्त गरेका छन् भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले ७ हजार ८७६ मत पाएका छन्। नेकपा (एमाले) का उम्मेदवार यज्ञराज ढुङ्गानाले ५ हजार ८३९ मत प्राप्त गरेका छन्।
कैलाली ५ मा कुल १ लाख १० हजार ५३९ मतदाता रहेकामा ६५ हजार ७५२ मत खसेको थियो। स्थापित नेताहरूलाई भारी मतान्तरले पराजित गर्दै रास्वपाका चन्दले निकालेको यो नतिजालाई कैलालीको राजनीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ।