एकहत्तर स्थानको परिणामः रास्वपा ५६ सिट, कांग्रेस ८ सिट, रास्वपा ६४ स्थानमा अगाडि
एमालेलाई ३, नेकपालाई २, राप्रपालाई १ तथा स्वतन्त्रमा महावीर पुन विजयी
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
1k
Shares
काठमाडौँ । प्रतिनिधि सभा सदस्यको १६५ सिटका लागि भएको प्रत्यक्षतर्फको निर्वाचनमा ७१ स्थानको अन्तिम मतपरिणाम आएको छ । पछिल्लो मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले ५६, नेपाली कांग्रेसले ८,नेकपा एमालेले ३, नेपाली कम्युनिष्ट पार्टी नेकपाले २, राप्रपाले १ तथा स्वतन्त्र उम्मेदवार महावीर पुनले म्याग्दीबाट चुनाव जितेका छन् ।
मतगणना जारी रहेका स्थानमा रास्वपा ६२ स्थानमा अगाडि छ । नेपाली कांग्रेस १२, नेकपा एमाले १०, नेपाली कम्युनिष्ट पार्टी ५ स्थानमा अगाडि रहेको छ ।