हुम्लामा कांग्रेस अगाडि, नेकपा पछ्याउँदै, रास्वपा मतका सिला बटुल्दै
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
1k
Shares
हुम्ला । प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जितको सुनामी ल्याइरहँदा हुम्लामा भने मतका सिला बटुलिरहेको छ ।
आज अपरान्ह सम्मको गणनाअनुसार नेपाली कांग्रेसका जयपति रोकायाले ५ हजार ७ सय ५७ मत ल्याएका छन् । त्यस्तै नेपाली कम्युनिष्ट पार्टीका डा दिपेन्द्र रोकायाले ५ हजार ६२८ मत ल्याएका छन् ।
नेकपा एमालेका दल फडेराले ३ हजार ४६९ मत ल्याएका छन् । तर रास्वपाका टासी ल्हाजोमले १७१ मतमात्र ल्याएका छन् । अन्य स्थानमा रास्वपाको पकड राम्रो भए पनि यहाँ भने कमजोर देखिएको छ ।