त्रिवेणी । नवलपुर प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मनिष खनाल ४१ हजार ३४७ मतसहित विजयी भएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार उनले नेकपा एमालेका तिलक महतलाई २५ हजार ५९२ मत अन्तरले पराजित गरे । महतले १५ हजार ७५५ मत प्राप्त गरे भने भने नेपाली कांग्रेसका ओमबहादुर घर्तीले १४ हजार ७१३ मत प्राप्त गरे ।