अठासी निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपालाई ७१ सिट
कांग्रेस १०, एमाले तीन, नेकपा दुई, राप्रपा र स्वतन्त्र उम्मेदवार एक/एक जना निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २३ शनिबार
1k
Shares
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा ८८ ओटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ७१, नेपाली कांग्रेस १०, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीन, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) दुई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक/एक जना विजयी भएका छन् ।
यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् ।
मतगणना जारी रहेका स्थानमा रास्वपा ५१ स्थानमा अगाडि छ । नेपाली कांग्रेस ८, नेकपा एमाले ९, नेपाली कम्युनिष्ट पार्टी ५ स्थानमा अगाडि रहेको छ ।
त्यस्तै श्रम संस्कृति ३ स्थानमा अगाडि रहेको निर्वाचन आयोगले जनाएको छ ।