arrow

डोल्पामा नेकपाका धनबहादुर बुढा निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
dhan-bd-budha.jpg

काठमाडौँ । डोल्पाको एकमात्र निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार धनबहादुर बुढा निर्वाचित भएका छन्। मुख्य निर्वाचन अधिकृत चन्द्रदेव भारतीका अनुसार बुढाले ६ हजार ८०२ मत प्राप्त गरी सानदार जित हासिल गरेका हुन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार लङ्कबहादुर रोकायलाई १ हजार ४०६ मतान्तरले पराजित गरेका छन्।

पराजित भएका एमालेका लङ्कबहादुर रोकायले ५ हजार ३९६ मत प्राप्त गरेका छन्। यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर बुढा २ हजार ९४७ मतसहित तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का देवसिंह ऐडीले १८१ मत मात्र प्राप्त गरेका छन्। ९ वटा राजनीतिक दलका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा रास्वपाको प्रभाव भने निकै न्यून देखिएको छ।

डोल्पामा कुल २५ हजार ५ मतदाता रहेकामा १६ हजार ४३७ मत खसेको थियो। यो जितसँगै धनबहादुर बुढाले डोल्पामा आफ्नो बलियो राजनीतिक प्रभावलाई पुन: प्रमाणित गर्नुभएको छ। हिमाली जिल्लाको विकास र जनताको सेवाका लागि यो जित कोसेढुङ्गा सावित हुने समर्थकहरूले विश्वास व्यक्त गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ