लेखराज भट्टलाई हराउँदै कैलाली ४ मा रास्वपाका खेमराज कोइराला निर्वाचित
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
716
Shares
काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खेमराज कोइराला निर्वाचित भए। बिहीबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार कोइरालाले २८ हजार ५५६ मत प्राप्त गरी सानदार जित हासिल गरेको निर्वाचन अधिकृत हरिप्रसाद आचार्यले बताए।
उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर विष्टलाई १७ हजार २५५ को भारी मतान्तरले पराजित गरे। कांग्रेसका विष्टले ११ हजार ३०१ मत प्राप्त गरे। यस्तै, पूर्वमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता लेखराज भट्ट ९ हजार ४४४ मतसहित तेस्रो स्थानमा खुम्चिए।
अन्य उम्मेदवारहरूमध्ये नेपाली कम्युनिस्ट पार्टीका हरिराम चौधरीले ५ हजार ६०९ मत र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कमल रजवारले १ हजार ३५८ मत प्राप्त गरे। १ लाख १५ हजार १४३ मतदाता रहेको कैलाली–४ मा ६१ हजार ९४१ मत खसेको थियो, जसमा ५८ हजार २८३ मत सदर र ३ हजार ६५८ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनायो।
स्थापित राजनीतिक हस्तीहरूलाई ठूलो अन्तरले पछाडि पार्दै खेमराज कोइरालाले निकालेको यो नतिजाले सुदूरपश्चिमको तराई भेगमा पनि 'घण्टी' को लहर निकै सशक्त रहेको पुष्टि गरेको छ।