arrow

उदयपुर १ मा रास्वपाका पारसमणि निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
parashmani-gelal.jpg

काठमाडौँ। उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पारसमणि गेलाल निर्वाचित भएका छन्। अन्तिम मतपरिणाम अनुसार गेलालले ३० हजार ५९० मत प्राप्त गरी सानदार जित हासिल गरे।

उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका उम्मेदवार राजेशकुमार राईलाई १८ हजार ९८४ को भारी मतान्तरले पराजित गरे। पराजित राजेशकुमार राईले ११ हजार ६०६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दियो। उदयपुरको यो नतिजाले परम्परागत राजनीतिक दलहरूलाई ठूलो धक्का दिएको छ।

यसैगरी, निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का बलदेव चौधरी १० हजार २१ मतसहित तेस्रो स्थानमा रहे। नेपाली कांग्रेसका उम्मेदवार विदुर बस्नेतले ९ हजार ६७५ मत र नेकपा (एमाले) का उम्मेदवार दुर्गाकुमार थापाले ९ हजार २०६ मत प्राप्त गरे। उदयपुरमा कांग्रेस र एमाले जस्ता ठूला दलहरू चौथो र पाँचौँ स्थानमा खुम्चिनुलाई राजनीतिक विश्लेषकहरूले मतदाताको तीव्र परिवर्तनको चाहनाका रूपमा लिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ