arrow

कांग्रेसका गिरी बाजुराबाट निर्वाचित, निकटतम प्रतिस्पर्धी एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
janakraj-giri-bajura-nc.jpg

बाजुरा । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका उम्मेदवार जनकराज गिरी १७ हजार १७३ मतसहित निर्वाचित भएका छन् । 

उनका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार लालबहादुर थापाले १६ हजार ६३३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए । 

मुख्य निर्वाचन अधिकृत पोखरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका हेमराज थापाले छ हजार ३५, नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रकाशबहादुर शाहले तीन ४२८, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका केशरबहादुर शाहीले ३५२, नेपाल कम्युनिष्ट पार्टी माओवादीका भूपेन्द्र विकले ३३३ मत प्राप्त गरे ।

यहाँ ८७ हजार ८६१ मतदाता रहेकामा ४५ हजार ३९० मत खसेको थियो । खसेको मतगणना गर्दा ४३ हजार ८९६ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ