एक सय ४७ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपालाई ११३ सिट, कांग्रेसलाई १७
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
1.1k
Shares
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा १४७ ओटा निर्वाचन क्षेत्रको नतिजा आइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ११३, नेपाली कांग्रेस १७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) ७, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ६, श्रम संस्कृति पार्टी २, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र स्वतन्त्र उम्मेदवार एक/एक जना विजयी भएका छन् । यो अवधिसम्ममा निर्वाचित उम्मेदवारमध्ये रास्वपाका अधिकांश उम्मेदवार ठूलो मतान्तरले विजयी भएका छन् ।
मतगणना जारी रहेका स्थानमा रास्वपा १२ स्थानमा अगाडि छ । एमाले ३, नेपाली कम्युनिष्ट पार्टी १ स्थानमा अगाडि रहेको छ ।