arrow

रास्वपाका श्रीधर पोखरेल बर्दिया–२ बाट निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २४ आइतबार
sridhar-pokharel-rsp-bardia-2082-11-24.jpg

बर्दिया । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनअन्तर्गत बर्दिया क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार श्रीधर पोखरेल विजयी भएका छन् । 

पोखरेलले २९ हजार ६ सय ७८ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका किशोरसिंह राठौरले २० हजार चार सय दुई मत ल्याए । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार सुरेश पन्थले १९ हजार एक सय ८० मत र नेकपा एमाले० की विमला विकले १० हजार सात सय ७२ मत ल्याए । 

उक्त क्षेत्रमा ९२ हजार ६ सय १८ मत खसेको थियो । जसमध्ये ८८ हजार एक सय ३० मत सदर तथा चार हजार चार सय ८८ मत बदर भएको निर्वाचन अधिकृत विष्णुप्रसाद घिमिरेले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ