arrow

रास्वपाका साहले जिते सुनसरी ४ बाट

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २५ सोमबार
dipakkumar-sah-rsp-sunsari4.jpg

धरान । प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र नं ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार दीपककुमार साह विजयी भएका छन् । उनले ४२ हजार ७७१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत प्रकाश राउतले जानकारी दिए ।

नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले १६ हजार ५८७ मत प्राप्त गरे । त्यस्तै नेपाल कम्युनिष्ट पार्टी एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतल आठ हजार ६३१ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादीका महमद महफुज अन्सारीले तीन हजार ४३२ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा विभिन्न राजनीतिक दलका १७ र स्वतन्त्रका १६ जनासहित ३३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । हरिनगरा, भोक्राहा, बराहक्षेत्र, कोशी गाउँपालिका, इनरुवा, इनरुवा, बर्जु, दुहबी, गढीगरी ३२ वडा समेटिएको यस निर्वाचन क्षेत्रमा एक लाख ३७ हजार ३४० मतदातामध्ये ८५ हजार ५४६ मत खसेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ