समानुपातिकमा ७८ लाख ६४ हजार मत गनियो, रास्वपालाई ३८ लाख
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २५ सोमबार
1.9k
Shares
काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिलेसम्मकै नेपालका निर्वाचनको उच्च सिट जित्दा समानुपातिकतर्फ पनि उच्च मत प्राप्त गरेको छ ।
अहिलेसम्म ७८ लाख ६३ हजार ९५० सदर मत गणना हुँदा रास्वपाले ३८ लाख ४३७ मत प्राप्त गरेको छ ।
नेपाली कांग्रेसले १२ लाख ८० हजार ७०० मत पाएको छ । त्यस्तै नेकपा एमालेले १० लाख ८३ हजार ८८४ मत पाएको छ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले ५ लाख ६० हजार १६७ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले २ लाख ६५ हजार ७१० मत पाएको छ ।
श्रम संस्कृति पार्टीले २ लाख ६१ हजार ८२१ मत प्राप्त गरेको छ । जनता समाजवादी पार्टी नेपालले १ लाख १६ हजार ४८८ मत पाएको छ । राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ८ हजार २४५ मत पाएको छ ।