arrow

समानुपातिकमा ९५ लाख ११ हजार मत गनियो, रास्वपालाई ४६ लाख

दोस्रो स्थानमा रहेको कांग्रेसलाई १५ लाख ४३ हजार ४०४, एमालेलाई १२ लाख ८६ हजार ४५८ मत, संस्कृतिले धकेल्यो राप्रपालाई पछाडि

logo
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २५ सोमबार
rsp-nc-uml-ncp.jpeg

काठमाडौँ । प्रतिनिधि सभाको निर्वाचनको प्रत्यक्षतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अहिलेसम्मकै नेपालका निर्वाचनको इतिहासकै उच्च सिट जित्दा समानुपातिकतर्फ पनि उच्च मत प्राप्त गरेको छ । 

अहिलेसम्म ९५ लाख ११ हजार ८४ सदर मत गणना हुँदा रास्वपाले ४५ लाख ९४ हजार ९०५ मत प्राप्त गरेको छ । 

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १५ लाख ४३ हजार ४०४ मत पाएको छ । त्यस्तै नेकपा एमालेले १२ लाख ८६ हजार ४५८ मत पाएको छ । 

नेपाली कम्युनिष्ट पार्टी नेकपाले ६ लाख ९३ हजार ६८८ मत पाएको छ । श्रम संस्कृति पार्टीले ३ लाख २५ हजार ९२७ मत प्राप्त गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ३ लाख ३ हजार ६८० मत पाएको छ । 

 जनता समाजवादी पार्टी नेपालले १ लाख ४७ हजार २९७ मत पाएको छ । राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ४६ हजार ९३५ मत पाएको छ । 

जनमत पार्टीले ६६ हजार ५४४ मत पाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ