बारामा १२ किलो गाँजा र चितवनमा प्रतिबन्धित औषधिसहित तीन जना पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २७ बुधबार
617
Shares
काठमाडौँ। प्रहरीले बारा र चितवनका विभिन्न स्थानबाट लागुऔषध र प्रतिबन्धित औषधिसहित तीन जनालाई पक्राउ गरेको छ। नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाराको निजगढ नगरपालिका–११ रतनपुरबाट ठुलो परिमाणमा गाँजा बरामद गरेको हो।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार निजगढबाट १२ किलो २३० ग्राम गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा जीतपुर सिमरा उपमहानगरपालिका–१९ का ३५ वर्षीय फिरोज देवान र रौतहटको गौर नगरपालिका–९ का १९ वर्षीय तरबेज आलम रहेका छन्।
त्यसैगरी, चितवनको भरतपुर महानगरपालिका–१८ लाहुरेचोकबाट प्रहरीले प्रतिबन्धित औषधि बरामद गरेको छ। चिकित्सकको सिफारिस बिना खरिद–बिक्री गर्न नपाइने २२० फाइल 'ट्रामाडोल' सहित २९ वर्षीय सोम पाण्डे पक्राउ परेका छन्। भरतपुर महानगरपालिका–२३ का बासिन्दा पाण्डेलाई मङ्गलबार नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।