arrow

खोइ जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदन ? [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १ आइतबार
rakxya-bam-82-12-1.jpg

काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले गत फागुन २४ गते सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

कार्की नेतृत्वको टोली प्रतिवेदनसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो ।सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न आयोग गठन गरेको थियो । 

गत असोज ५ गते गठन भएको उक्त आयोगलाई प्रारम्भमा तीन महिनाको समयसीमा दिइएको थियो । त्यसपछि पटक पटक गरी समय थप गरिएको थियो । 

सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा पूर्वएआईजी विज्ञानराज शर्मा र कानुनविज्ञ विश्वेश्वर भण्डारी सदस्य रहेको यो उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो।

आयोगले २१ फागुनको निर्वाचनअघि नै प्रतिवेदन बुझाउने तयारी गरे पनि निर्वाचनमा सुरक्षा जोखिम हुनसक्ने सरकारको आँकलनका कारण म्याद थप गरिएको थियो। पछिल्लो पटक थपिएको म्याद २४ गते नै सकिँदै गर्दा सोही दिन सरकारलाई प्रतिवेदन बुझाइएको हो । यो प्रतिवेदनले आन्दोलनका क्रममा भएका मानवीय र भौतिक क्षतिको वास्तविकता बाहिर ल्याउने अपेक्षा गरिएको छ।

प्रधानमन्त्री कार्कीले गरेकी थिइन् सार्वजनिक गर्ने वाचा

प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले यसलाई अब आफू र गृहमन्त्रीले अध्ययन गरी मन्त्रिपरिषद्मा पेस गर्ने बताएकी थिइन् ।

जाँचबुझ आयोगलाई धन्यवाद दिँदै उनले  ‘तपाईँहरूले एकदमै मेहनत गर्नुभएको छ । यसका लागि धन्यवाद छ । शुरू जुन समयावधि तोकेका थियौँ, हाम्रो स्रोतसाधनका कारण त्यो पुग्दो भएनछ । पछि समय पनि थप्नुपर्ने भयो । तर न्याय, कानुन र अनुसन्धानको क्षेत्रमा तपाईँहरुको विज्ञता र योग्यताबारे थाहा पाएर नै आयोगमा नियुक्त गरेका हौँ । आ–आफ्नो क्षेत्रमा तपाईँको प्रख्याति छ । त्यसको प्रतिविम्ब अवश्य पनि प्रतिवेदनमा छ भन्ने विश्वास छ । दूधको दूध पानीको पानी छुट्याएर प्रतिवेदन दिनुभएको छ भन्ने मलाई पूरा विश्वास छ । अब यसको अध्ययन गरी कार्यान्वयको प्रक्रिया अघि बढ्छ । साथै सार्वजनिक गर्ने कुरामा पनि हामी छलफल गर्छौँ । यसको विवरण हेरेर पूरै दस्तावेज तत्कालै सार्वजनिक गर्न नसके निचोड मात्र भए पनि सार्वजनिक गर्छौँ ।’

खोइ त सार्वजनिक गरेको ?

अहिले दैनिकजसो उक्त प्रतिवेदन सार्वजनिक गर्न दबाब आइरहेको छ । विभिन्न संघ, संस्थादेखि जेन-जी समूहले पनि उक्त प्रतिवेदन सार्वजनिक गर्न माग गरिरहेका छन् । 

कसैले प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाइरहेका छन् भने कसैले सार्वजनिक स्थलमा बसेर माग गरिरहेका छन् । 

आइतबार मात्रै प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै जेन जी मुभमेन्ट अलायन्सले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ ।

कतै यो प्रतिवेदन अलपत्र पारिने त हैन ? भन्ने प्रश्नसमेत खडा भइरहेको छ । 

genz-movement-commission-report-publicite-pressure (1).jpg
genz-movement-commission-report-publicite-pressure (2).jpg
genz-movement-commission-report-publicite-pressure (3).jpg
genz-movement-commission-report-publicite-pressure (4).jpg
genz-movement-commission-report-publicite-pressure (5).jpg
genz-movement-commission-report-publicite-pressure (6).jpg
genz-movement-commission-report-publicite-pressure (7).jpg
genz-movement-commission-report-publicite-pressure (8).jpg
genz-movement-commission-report-publicite-pressure (9).jpg
genz-movement-commission-report-publicite-pressure (10).jpg
genz-movement-commission-report-publicite-pressure (11).jpg
genz-movement-commission-report-publicite-pressure (12).jpg
genz-movement-commission-report-publicite-pressure (13).jpg
genz-movement-commission-report-publicite-pressure (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ