arrow

घरेलु विवादमा आमाको हत्या, बहिनी घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ४ बुधबार
crime-final-everytime-use.jpg

कञ्चनपुर । दोधारा–चाँदनी नगरपालिका–४ माननीय चोक निवासी हरिप्रसाद श्रेष्ठले ७५ वर्षीया आमा बिन्द्रा श्रेष्ठको हत्या गरेका छन् भने धारिलो हतियार प्रहार गरेर बहिनीलाई घाइते बनाएका छन् ।

कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी हेमबहादुर शाहीका अनुसार गएराति भएको उक्त घटनामा अभियुक्तकी आमाको घटनास्थलमै मृत्यु भएको हो । 

दाजुको आक्रमणमा घाइते भएकी भगवती माझीको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । फरार अभियुक्तको खोजी जारी छ । 

जग्गासम्बन्धी विवाद घटनाको प्रमुख कारण भएको सूचना अधिकारी शाहीले राससलाई जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ