वीरगञ्ज । फागुन २१ गते शान्तिपूर्ण रूपमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठक पुरस्कृत भएका छन् ।
उनीसँगै १९ जना एसपीहरूलाई उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप यो पुरस्कार प्रदान गरिएको हो । आईजीपी दानबहादुर कार्कीले चैत २ गते एआईजीपीदेखि प्रहरी जवानसम्मका कूल ६९ जना प्रहरी कर्मचारीलाई नगद पुरस्कार दिने निर्णय गरेका हुन् ।
उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीहरूमा पनि सकारात्मक प्रभाव पर्ने भन्दै आइजिपी कार्कीले यो निर्णय गरेको बुझिएको छ।