arrow

टोखा नगरपालिका र जिनियस स्कूलको आयोजनामा निःशुल्क आँखा शिविर

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ७ शनिबार
eye-camp-82-12-7.jpg

काठमाडौँ । काठमाडौँमा उज्यालो दृष्टि उज्यालो जीवन नारासहित शनिबार निःशुल्क मोतीविन्दु शल्यक्रिया शिविर सम्पन्न भएको छ । 

टोखा नगरपालिका र जिनियस वल्ड स्कूल बसुन्धरा टोखा ५ को संयुक्त आयोजनामा विद्यालयको प्राङ्गणमा भएको शिविरमा २१९ जनाले सेवा लिएका छन् । 

आयोजित शिविरमा सेवा लिएका बिरामीमध्ये २९ जनाले शल्यक्रिया गर्नुपर्ने भएको छ भने बिरामीमध्ये ७० प्रतिशतमा एलर्जी भएको पाइएको छ । 

उपत्यकामा वायु प्रदूषणको मात्रा बढेसँगै एलर्जी हुनेको संख्या पनि बढी नै छ । 

उक्त शिविरको मातृका आँखा केन्द्र पुरानो बानेश्वरको प्राविधिक सहयोगमा सञ्चालन भएको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ