सांसदहरूको शपथ बिहीबार दिउँसो, बुधबारसम्म यस्तो छ तयारी [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ११ बुधबार
562
Shares
तस्बिर : सांसदहरूलाई शपथ दिलाउनुअघि बुधबार संसद भवनको निरीक्षण गर्दै ज्येष्ठ सदस्य सांसद अर्जुननरसिंह केसी, नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरुको शपथ बिहीबार चैत १२ गते हुँदैछ । नवनिर्वाचित प्रतिनिधिसभाका सदस्यहरूको शपथको लागि तयारी धमाधम चलिरहेको छ । अझै पूरा भएको छैन ।
सो अवसरमा सांसदहरूमध्येका ज्येष्ठ सदस्य अर्जुनरसिंह केसीले बुधबार नै राष्ट्रपतिबाट शपथ खाइसकेका छन् । उनैले बिहीबार बाँकी २७४ सांसदलाई शपथ खुवाउने छन् ।
शपथ ग्रहण गरेपछि उनले संसद भवनको निरीक्षणसमेत गरेका छन् ।
शपथ ग्रहण कार्यक्रम दिउँसो २ बजे सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ । सांसदहरूलाई कार्यक्रम समय भन्दा दुई घन्टा चाँडै उपस्थित हुन संघीय संसद सचिवालयले आग्रह गरेको छ ।
गत शुक्रबार सूचना जारी गरी नवनिर्वाचित सांसदहरूको सपथ चैत १२ गते हुने भन्दै सचिवालयले नवनिर्वाचित सांसदहरूलाई निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधि सभा सदस्य पदको प्रमाणपत्र (सक्कल तथा प्रतिलिपि), नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको फोटो दुई प्रतिसहित औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोशाकमा उपस्थित हुन भनेको छ ।