arrow

संसद्‌को पहिलो बैठकमा यी नेताले गर्दै छन् सम्बोधन

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
parliament-new-19.jpg

काठमाडौँ । चालु अधिवेशनअन्तर्गत प्रतिनिधि सभाको पहिलो बैठक बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा बस्दैछ। संघीय संसद् सचिवालयका अनुसार यस ऐतिहासिक बैठकमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्न छ वटा राष्ट्रिय दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची तय भएको छ। 

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे, नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सम्बोधन गर्नेछन्। साथै, स्वतन्त्र सांसद महावीर पुनले पनि सम्बोधन गर्ने सचिवालयले जनाएको छ।

सचिवालयले दलगत आधारमा सम्बोधनका लागि समय समेत निर्धारण गरेको छ जसमा रास्वपालाई २५ मिनेट, कांग्रेसलाई १० मिनेट, एमालेलाई ८ मिनेट, नेकपा, श्रम संस्कृति र राप्रपालाई ७–७ मिनेट तथा स्वतन्त्र सांसद पुनलाई ५ मिनेट समय छुट्याइएको छ। 

सम्बोधनका अतिरिक्त आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रहरू पढेर सुनाउने, तीन वटा अध्यादेश पेश गर्ने र सभामुख चयनका लागि निर्वाचन कार्यतालिका प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। 

त्यस्तै, संसद् नियमावली २०७९ प्रस्तुत गर्ने र शोक प्रस्ताव पारित गर्ने लगायतका सम्भावित कार्यसूचीहरू समेत तय गरिएका छन्। नयाँ सरकार गठनपछिको यो पहिलो बैठक भएकाले राजनीतिक वृत्तमा यसलाई निकै चासोका साथ हेरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ