arrow

इरानी सशस्त्र समूहले इराकमा आक्रमण गर्न सक्ने अमेरिकी दूतावासबाट चेतावनी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १९ बिहिबार
iraq-map.png

बगदाद । बगदादस्थित अमेरिकी दूतावासले इरान समर्थक सशस्त्र समूहहरूले आगामी एक दुई दिनमा इराकमा आक्रमण गर्न सक्ने चेतावनी दिएको छ ।

 हाल इराकलाई संयुक्त राज्य अमेरिका, इजरायल र इरानबिचको युद्धमा तानिएको छ भने  अमेरिकी संरचना र  इरान समर्थक समूह दुवैलाई लक्षित गरी आक्रमण गरिएको छ ।

बगदादमा रहेको अमेरिकी दूतावासलाई बारम्बार लक्षित गरिएको छ  भने राजधानीको मध्य भागहरूमा थप आक्रमणको चेतावनी दिएको छ ।

इरानसँग जोडिएको इराकी आतंकवादी मिलिशिया समूहहरूले आगामी २४–४८ घण्टामा मध्य बगदादमा आक्रमण गर्न सक्ने दूतावासले सामाजिक सञ्जाल एक्स मार्फत विज्ञप्ति  जारी गर्दै जनाएको छ । 

यसैबीच इराकमा रहेका अमेरिकीहरूलाई देश छोड्नका लागि सुझावसमेत दिएको छ । 

इरान समर्थक समूह कताब हेजबुल्लाहले मार्च –१९ मा युद्व विराम घोषणा गरेपछि हालैका दिनहरूमा इराकमा आक्रमण दर घटेको थियो । यद्यपि समूहले आफ्नो पछिल्लो युद्व विरामको म्याद सकिए पछि बुधबार समय थपको घोषणा भने गरेको छैन । 

गत महिना वासिङ्टन र बगदादले आक्रमण रोक्न र इराकी क्षेत्रलाई अमेरिकी सुविधाहरू विरुद्ध आक्रमण गर्न प्रयोग नगरिएको सुनिश्चित गर्न सहयोग तीव्र पार्ने बताएका थिए ।

तर अमेरिकी दूतावासको बिहीबार जारी गरेको विज्ञप्तिमा इराकी सरकारले इराकी भूभागबाट आतङ्कवादी आक्रमणहरू नरोकेको जनाएको छ ।

पेन्टागनले युद्धको समयमा इराकमा इरान समर्थक सशस्त्र समूहहरू विरुद्ध हवाइ आक्रमण गरेको बताएको छ भने वासिङ्टनले इराकी सुरक्षा बललाई लक्षित गरेको दाबीलाई अस्वीकार गरेको छ ।

उत्तरपश्चिमी इराकमा पीएमएफको विरुद्धमा बुधबार गरिएको आक्रमणको दोष पिएमएफले अमेरिका र इजरायललाई दिएको थियो भने आक्रमणमा तीन जना लडाकुहरूको मृत्यु भएको थियो ।

अमेरिकी दूतावासले विज्ञप्तिमा इराकमा रहेका अमेरिकी नागरिकहरूलाई आतङ्कवादी मिलिसियाहरूले अपहरणका लागि अमेरिकीहरूलाई लक्षित गरेको  चेतावनी दिएको छ ।

सुरक्षा स्रोतहरूलाई उदृत गर्दै एएफपीले कम्तीमा ३० वटा ड्रोनले दुहोक प्रान्तलाई रातारात निशाना बनाएको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ