बादलको नेतृत्व एमालेका युवालाई मन परेन, दोस्रो दिन पनि प्रदर्शन [तस्बिरहरू]
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २० शुक्रबार
696
Shares
काठमाडौँ । नेतृत्व नसच्चिए विद्रोह हुन्छ भन्दै नेकपा एमाले सम्बद्ध युवाहरूले शुक्रबार दोस्रो दिन पनि पार्टी कार्यालय च्यासलमा प्रदर्शन गरेका छन् ।
शुक्रबार उनीहरूले नेतृत्व परिवर्तनको माग गर्दै सचिवालय सदस्यहरूलाई फूल दिएर शुभकामना दिए । बुधबार महासचिव शंकर पोखरेलको पुतला जलाउने समूहका युवाहरूले बिहीबार पार्टी कार्यलयमा धर्ना तथा विरोध प्रदर्शन गरेका गरेका थिए ।
बदलिँदो परिस्थितिअनुकूल एमाले हिँड्न नसकेको र पार्टी नेतृत्वले संसदीय दलको नेता चयनका क्रममा त्रुटि गरेको भन्दै त्यस्ता निर्णय सच्याएर पार्टीमा युवालाई अघि बढाउने पर्ने माग उनीहरुको रहेको छ ।
पार्टीले उपाध्यक्ष रामबहादुर थापालाई संसदीय दलको नेता चुनेको छ । सुहाङ नेम्वाङ प्रतिस्पर्धी बन्न चाहेका भए पनि उनले प्रस्तावक र समर्थका पाएका थिएनन् ।
अझ बिहीबार प्रतिनिधि सभाको पहिलो बैठकमा बादलले माओवादीको धङधङी मिसाएसँगै चर्को आलोचना भएको छ ।
अध्यक्ष केपी शर्मा ओली जेन-जी आन्दोलन दबाउन भूमिका खेलेको भन्दै पक्राउमा परेसँगै उनले कार्यवाहकको जिम्मेवारी बादललाई नै दिएका छन् ।