arrow

उपसभामुख निर्वाचनमा एमाले तटस्थ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
mohamad-ittihak-rai-27-12.jpg

काठमाडौँ। प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा नेकपा एमालेले तटस्थ बस्ने भएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद मोहम्मद इस्तियाक राईले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुविकुमारी ठाकुर र राप्रपाबाट सरस्वती लामा उम्मेद्वार भए पनि एमालेले कसैलाई भोट नदिने बताए ।

उनले भने, ‘अहिलेको गरिमामय सदनमा आपसी सहकार्य र एकरुपता हुन नसकेको कारणले उपसभामुखको निर्वाचनमा जानुपर्ने भएकाले नेपाल कम्युनिष्ट पार्टी (एमाले) हाम्रो तर्फबाट तटस्थ बस्ने जानकारी गराउन चाहन्छु ।’

प्रतिनिधि सभामा एमालेका २५ सांसद छन् ।

उपसभामुखमा श्रम संस्कृति पार्टीका तर्फबाट रुविकुमारी ठाकुर तथा राप्रपाबाट सरस्वती लामा उम्मेद्वार छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ