सरकार संविधान विपरीत गए कांग्रेस बलियो प्रतिपक्षको रूपमा उभिन्छ : वासना थापा
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २७ शुक्रबार
878
Shares
काठमाडौँ। नेपाली कांग्रेसले श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको उम्मेद्वारी दिएकी रुविकुमारी ठाकुरलाई समर्थन गरेको छ । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीको तर्फबाट धारणा राख्दै सांसद वासना थापाले रुविकुमारी ठाकुरलाई समर्थन गर्ने जनाएकी हुन् ।
उनले उपसभामुखले संसदीय प्रणालीको काम कार्वाहीमा कुनै पनि दललाई पक्षपात नगरी साझा भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरिन् ।
उनले भनिन्,‘उपसभामुख श्रम संस्कृति पार्टीबाट उपसभामुख पदको उम्मेद्वारी दिएकी रुविकुमारी ठाकुरलाई समर्थन गर्न यस रोष्टममा उभिएको छु । संसदीय प्रणालीको काम कार्वाही कुनै पनि दललाई पक्षपात नगरी साझा भूमिका निर्वाह गर्नुहुने छ भन्ने विश्वास व्यक्त गर्दछु ।’
उनले सरकार, सभामुख र अब निर्वाचित हुने उपसभामुखलाई नेपाली कांग्रेसले प्रतिपक्षमा रहेर रचनात्मक र सहयोगी भूमिका निर्वाह गर्ने उनले बताइन् ।
तर यदि सरकारले संविधानविपरीत कुनै कर्म गरेको खण्डमा भने बलियो प्रतिपक्षको रुपमा सदनमा उभिने धारणा राखिन् ।
‘सरकार, सभामुख र अब निर्वाचित हुने उपसभामुखलाई नेपाली कांग्रेसले प्रतिपक्षमा रही रचनात्मक र सहयोगी भूमिका निर्वाह गर्नेछ । संविधानको रक्षा र मुलुकको निर्माणको पक्षमा हामी सँधै सरकारसँग छौँ । तर यदि संविधानविपरीत कुनै कर्म हुन्छ भने बलियो प्रतिपक्षको रुपमा सदनमा उभिने छौँ ।’