arrow

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
pakrau9.jpg

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट स्रोत नखुलेको आठ लाख रुपैयाँ नगदसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा चन्द्रनगर गाउँपालिका–४ का २३ वर्षीय कृष्णकुमार पासवान र सोही पालिका–१ का ४१ वर्षीय शिवनारायण महतो रहेका छन्।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार भारतबाट मोटरसाइकलमा चढेर नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागेर चेकजाँच गर्दा उक्त रकम बरामद भएको हो। पक्राउ परेका व्यक्तिहरूको शरीर खानतलासी गर्दा फेला परेको सो रकमको स्रोत खुलाउन नसकेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको र बरामद रकमसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ