arrow

सरकारी छाप र हस्ताक्षर कीर्ते गरी चोरीका मोटरसाइकल बेच्ने तीन जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३ बिहिबार
nepal-police12.jpg

काठमाडौँ । सरकारी छाप दुरुपयोग र कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले तुलसीपुरबाट तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सल्यान जिल्ला बागचौर नगरपालिका–२ का २० वर्षीय दीपक भण्डारी तथा सोही स्थानका १९ वर्षीय सरोज घर्ती मगर र राजन बिष्ट रहेका छन्। 

जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार वैशाख १ गते साँझ तुलसीपुर उपमहानगरपालिका–५ स्थित थारमारे भण्डारी होटलमा शङ्कास्पद गतिविधि भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले निजहरूका साथबाट विभिन्न सवारी दर्ता किताब र यातायात व्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर, सुर्खेतको नक्कली ‘डिजिटल’ छाप समेत बरामद गरेको छ। बरामद गरिएका सामग्रीहरूमा दुई थान सवारी दर्ता किताब र बागमती प्रदेश ०२-०४५ प १७३० नम्बरको यामाहा भि-३ मोटरसाइकल रहेको प्रवक्ता बोहराले बताए। 

पक्राउ परेका तीनै जना विरुद्ध लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत घोराहीबाट पाँच दिनको म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ