arrow

हंगेरीले नेपाललाई जलविद्युतमा एघार अर्ब भन्दा बढी ऋण दिने

logo
प्रकाशित २०७३ फागुन १८ बुधबार
hugeris.png
जेनेभा ।  हंगेरीले नेपालमा जलविद्युत उत्पादनका लागि (१०० मिलियन युरो) करिब ११ अर्ब २० करोड रुपैयाँ ऋण सहयोग एक प्रतिशतभन्दा कम ब्याजदरमा उपलब्ध गराउने भएको छ ।  सो जानकारी परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतसँगको भेटका क्रममा हंगेरीका विदेशमन्त्री पिटर सिजार्तो  पिटर सिजिर्रटोले दिएका हुन् ।
 
राष्ट्रसंघीय मानवअधिकार परिषदको ३४ औं शत्रमा सम्बोधनका लागि हाल जेनेभामा रहेका परराष्ट्रमन्त्री डा.महत र हंगेरीका विदेशमन्त्री सिजार्तोबीच मङ्गलबार द्विपक्षीय वार्ता भएको थियो । सो वार्ताका क्रममा मन्त्री सिजार्तोले हंगेरी सरकारले प्रत्येक वर्ष दश जना नेपाली विद्यार्थीलाई हंगेरीका विश्वविद्यालयमा अध्ययनका लागि छात्रवृत्ति दिने निर्णय गरेको जानकारी पनि दिएका थिए ।
 
उक्त भेटका क्रममा दुई देशबीचको आपसी सम्बन्ध र हितका विषयमा कुराकानी भएको थियो । विदेशमन्त्री सिजार्तोले नेपालले दिएको राष्ट्रसंघीय मानअधिकार परिषदको सदस्यको उम्मेदवारीको समर्थन गर्दै नेपाललाई भोटहाल्ने प्रतिबद्धता पनि व्यक्त गरेका थिए।
  
हाल जेनेभामा रहेका परराष्ट्रमन्त्री डा.महत उच्चस्तरीय भेटवार्तामा व्यस्त रहेका छन् । उनले मङ्गलबार नै राष्ट्रसंघीय मानवअधिकार परिषदको ३४ औं शत्रलाई सम्बोधन गरे।
 
मन्त्री शरणले बुधबार राष्ट्रसंघीय मानवअधिकार आयोगका उच्चायुक्तसँग भेटवार्ता गरी नेपालको मानवअधिकारको अवस्था तथा परिषदमा नेपालको उम्मेदवारीका बारेमा छलफल गर्ने  उनका प्रेस संयोजक एकराज पाठकले जानकारी दिए । नेपालले सन् २०१८ देखि २०२० का लागि राष्ट्रसंघीय मानवअधिकार परिषदको सदस्यमा उम्मेदवारी दिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ