arrow

ठूला दरका भारु सटहीमा भारत सकारात्मक

logo
प्रकाशित २०७३ फागुन २० शुक्रबार
indian-currency.jpeg
काठमाडौं । भारतीय अर्थमन्त्री अरुण जेट्लीले भारतले  केही समय अघि प्रतिबन्धित गरेका ५०० र १००० दरका नोटहरुको नेपालले सटही सुविधा प्राप्त गर्ने बताएका छन् । नेपालमा प्रचलित ठूला दरका भारु नोटहरुको सटहीका लागि नेपाल राष्ट बैंक र भारतीय रिजर्भ बैंकले आवश्यक मोडालिटी तयार गरी सटहीको टुंगो लगाउने जेट्लीको भनाई छ ।
 
उद्योग मन्त्रालय तथा नेपाल लगानी बोर्डको आयोजनामा लगानी सम्मेलनलाई सम्बोधन गर्न नेपाल आएका भारतीय अर्थमन्त्री जेट्लीले आज बिहान पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै भारतीय अर्थमन्त्रीले नेपालको आर्थिक विकासको चाहनामा भारतले सहयोग गर्ने प्रतिवद्धता दोहोर्याए ।
 
नेपालले पूर्वाधार विकासमा खासगरी अन्तरदेशीय प्रसारणलाइन तथा यातायात पूर्वाधार तथा रेलसेवा विस्तारमार्फत् नेपाललाई भारतसँग आर्थिक रुपमा जोड्ने अर्थमन्त्री जेट्लीको प्रतिवद्धता छ । उनले उपक्षेत्रीय सहयोग सञ्जाल बीबीआइएन (बंगलादेश, भुटान, भारत र नेपाल)ले त्यसतर्फ काम अघि बढाएको उल्लेख गर्दै यसले क्षेत्रीय संवृद्धी हासिल गर्न सयोगी हुने जेट्लीको भनाई छ ।
 
खागरी पछिल्लो समय भारतबाट नेपालमा आउने प्रत्यक्ष वैदेशिक लगानीमा कमी आइरहेको सन्दर्भ उल्लेख गर्दै जेट्लीले नेपालले लगानीको वातावरण सुधार गर्दै लगेकाले आगामी दिनमा भारतबाट प्रत्यक्ष वैदेशिक लगानीमा समेत वृद्धि हुने विश्वास व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ