arrow

प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफल [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २९ मंगलबार

काठमाडौँ ।  सङ्घीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक शुरू भएको छ। आजको बैठकमा सरकारले हालै प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ भएको छ।

बैठकमा दलीय प्रतिनिधित्वका आधारमा विभिन्न राजनीतिक दलका सांसदहरूले सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा र टिप्पणी राख्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

नीति तथा कार्यक्रममाथिको छलफल सकिएलगत्तै सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। जेठ १५ गते बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार चालू अधिवेशनमै बजेट प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ