arrow

राजधानीमा पनि बिजुली जान्छ, सुकेधारा, मण्डिखाटार र चप्पल कारखानामा अवरोध

logo
प्रकाशित २०७३ फागुन २१ शनिबार
electric-authority.jpg.png
काठमाडौँ । केही महिनादेखि काठमाडौं उपत्यकामा नेपाल विद्युत प्राधिकरणले बिजुली नियमित दिन थालेपछि विद्युत अवरुद्ध भए पनि ठूलो विषय हुन थालेको छ । शनिबार बिहान ६ बजे न्यु–चाबहिल सबस्टेशनबाट निस्कने ११ केभी ओम फिडरको ओभरहेड लाइन सुरु हुनुअघिको भूमिगत केबलमा मेलम्ची खानेपानी आयोजनाको काम गराइबाट क्षति हुन पुगी सुकेधारा, मण्डिखाटार, चप्पल कारखाना क्षेत्र लगायत ठाउँमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । 
 
प्राविधिक टोली सो स्थलमा खटिइसकेकाले क्षतिग्रस्त केबल मर्मत हुनासाथ आपूर्ति पुनःसञ्चालन हुने नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले जनाएका छन् ।
 
सवस्टेशन जलेरसमेत पटक–पटक विभिन्न ठाउँमा विद्युत आपूर्ति बन्द हुँदै आएको छ ।
 
प्राधिकरणका एक कर्मचारी कमसल सामग्रीको प्रयोग गरिएकाले त्यस्ता सवस्टेशनमा समस्या आउने गरेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ