arrow

प्रतिनिधि सभा बैठक जारी [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार

काठमाडौँ । प्रतिनिधि सभाको बैठक बसिरहेको छ । बैठकमा  सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने जनाइएको छ । 

राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा सोमबार सरकारको नीति तथा कार्यक्रम वाचन गरेका थिए । सदनको मंगलबारको छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए । 

सदनको आजको सम्भावित कार्यसूचीअनुसार नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गरिने छ । चालु सदनको अधिवेशनमा आर्थिक वर्ष २०८३/८४ को बजेटसमेत प्रस्तुत हुनेछ । बजेट जेठ १५ गते प्रस्तु्त गर्नै पर्ने कानूनी प्रावधान छ । 

आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र साह नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाए पनि बालेन भने अझै बोल्ने छैनन् । 

प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् । प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले पनि प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने कार्यक्रम नभएको बताइन् ।

प्रधानमन्त्री बालेनले औपचारिक रूपले अहिलेसम्म संसदमा सम्बोधन गरेका छैनन् । उनी प्रधानमन्त्रीमा निर्वाचित भएपछि संसदमा स‌म्बोधन गर्ने अपेक्षा गरिए पनि अहिलेसम्म सम्बोधन गरेका छैनन् ।  

जनताका तर्फबाट भने आफ्ना प्रधानमन्त्रीले कहिले सम्बोधन गर्लान् भन्ने चासो ब्याप्त छ । 

त्यसैगरी राष्ट्रिय सभाको बैठक पनि १२ः१५ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ हुने सम्भावित कार्यसूची रहेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ