arrow

स्कटल्यान्डमाथिको जित सम्पूर्ण टोलीको मेहनतको परिणाम हो : सन्दीप [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ४ सोमबार
sandeep-lamichhane-04-02.jpg

काठमाडौँ। आईसीसी विश्वकप लिग-२ अन्तर्गत स्कटल्यान्डविरुद्धको महत्वपूर्ण जितपछि नेपालका स्पिनर सन्दीप लामिछानेले टोलीको प्रदर्शनप्रति सन्तोष व्यक्त गरेका छन्। उनले यो जित सम्पूर्ण टोलीको मेहनत र सामूहिक प्रदर्शनको परिणाम भएको बताएका छन्।

सन्दीपले दबाबको अवस्थामा पनि नेपाली टोलीले संयमित प्रदर्शन गरेको उल्लेख गर्दै ब्याटिङ र बलिङ दुवै पक्षमा उत्कृष्ट योगदान रहेको बताए। समर्थकहरूको साथले खेलाडीलाई थप प्रेरणा मिलेको पनि उनको भनाइ छ।

उनका अनुसार स्कटल्यान्डविरुद्धको जितले नेपालले प्रतियोगितामा महत्वपूर्ण अंक जोड्न सफल भएको छ र आगामी खेलहरूमा पनि यही लय कायम राख्ने लक्ष्य रहेको छ। बलरहरूले नियमित विकेट लिँदै विपक्षी टोलीलाई दबाबमा राखेकाले जित सहज बनेको उनले उल्लेख गरे।

यस जितसँगै नेपालले आईसीसी विश्वकप लिग-२ मा आफ्नो स्थान बलियो बनाएको छ भने टोलीको आत्मविश्वास पनि बढेको सन्दीपले विश्वास व्यक्त गरे।

यसैबीच, सन्दीप लामिछानेले यसै खेलमार्फत एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १५० विकेटको कोशेढुंगा पार गरेका छन्। उनले ७३ खेलमै यो उपलब्धि हासिल गरेका हुन्।

यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कले ७७ खेलमा १५० विकेट पूरा गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ