arrow

सांसदले संसदमा पाएनन् प्रधानमन्त्रीको अनुहार देख्न

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
samsad-abroad-07-02.jpg

काठमाडौँ । विपक्ष दलहरूले प्रधानमन्त्री वालेन्द्र साहलाई संसदमा उपस्थित गराउन माग गर्दै विपक्षी दलले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेका छन् । 

बिहीबार हरेक महिनाको शुरूमा प्रधानमन्त्रीले सांसदसँग प्रश्नोत्तर गर्नुपर्ने भएकाले पनि संसद बैठकमा प्रधानमन्त्री अनिवार्य उपस्थित हुनका लागि दबाब दिँदै बैठक अवरुद्ध पारेका हुन्।

सरकारले विधि र नीति विपरित काम गरेकाले आफूहरूले त्यसको विरोधमा बैठक अवरुद्ध गर्न बाध्य हुनुपरेको एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले बताए।

विपक्षीले संसद अबरोध कायमै राखेपछि सभामुख डोलप्रसाद अर्यालले १५  मिनेटका लागि संसद बैठक स्थगित गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ