arrow

प्रतिनिधि सभा

प्रधानमन्त्री साहको उपस्थिति माग गर्दै विपक्षीले गरे अवरोध, बैठक स्थगित

१५ मिनेटका लागि बैठक स्थगित

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ७ बिहिबार
abarodh-bipakshi.jpg

काठमाडौँ । विपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र साहलाई संसद्मा उपस्थित गराउन माग गर्दै प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेका छन्।

प्रतिनिधि सभा नियमावलीअनुसार हरेक महिनाको सुरुमा प्रधानमन्त्रीले सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तर गर्नुपर्ने कानुनी व्यवस्था छ। सोही व्यवस्थाबमोजिम प्रधानमन्त्री साह संसद्मा अनिवार्य उपस्थित हुनुपर्ने दबाब दिँदै प्रतिपक्षी दलहरूले बैठक चल्न नदिएका हुन्।

संसद् अवरोधबारे बोल्दै नेकपा (एमाले)का प्रमुख सचेतक ऐनबहादुर महरले सरकारले संसद्को विधि, प्रक्रिया र नीतिका विपरीत कार्य गरिरहेकाले आफूहरू विरोधमा उत्रिन बाध्य भएको स्पष्ट पारे। प्रधानमन्त्री आफैँ सदनमा आएर सांसदहरूले उठाएका प्रश्नको सामना नगरेसम्म संसद् बैठक अगाडि बढ्न नदिने प्रतिपक्षको अडान छ।

विपक्षी दलहरूको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ