arrow

केएमसीको निःशुल्क स्वास्थ्य शिविर भक्तपुरको सिपाडोलमा, छ सयको उपचार

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
kmc-83-2-20.jpg

भक्तपुर । नेपाली कांग्रेसका नेता डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले भक्तपुरको ब्यासीमा निःशुल्क स्वास्थ्य शिविर गरेको छ । 

केएमसीको प्राविधिक सहयोगमा सिपाडोल स्वास्थ्य चौकी भक्तपुरको आयोजनामा स्वास्थ्य चौकीमै स्वास्थ्य शिविर भएको हो ।  
 
शिविरमा ५८४ जनाको परीक्षण गरेको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

शिविरमा ८५ जनाको भिडियो एक्सरे, ८२ जनाको ईसीजी गरिएको थियो । १३ जनाको दाँत खोलिएको थियो भने २१ जनालाई केएमसीमा रिफर गरिएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने भक्तपुरको दुवाकोटमा केएमसीको युनिट २ विस्तार गरिएको छ । ती अस्पतालबाट सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर हुँदै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ