arrow

नारी दिवसको अवसरमा टेलिकमले ल्यायो प्रमोसनल अफर

logo
प्रकाशित २०७३ फागुन २४ मंगलबार
Nepal_Telecom.jpeg
काठमाडौं ।  नेपाल टेलिकमले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रमोसनल अफर ल्याएको छ । सो अफर   अन्तर्गत बिभिन्न किसिमका सेवाहरुमा सहुलियत प्रदान गर्ने कम्पनीले जनाएको छ । सो सहुलियत अफर फागुन २५ गतेदेखि  तीन महिनासम्म लागु हनेछ ।
 
अफर अन्तर्गत फेसबुक प्याकेज, डे एण्ड नाइट डाटा प्याकेज र नाइट डाटा प्याकेज रहेका छन् । टेलिकमले फेसबुक प्याकेज  २२ रुपैयाँ ६० पैसामा पाँच दिनसम्म चौबिसै घण्टा चलचउन पाउने गरी १०० एमबी डाटा उपलब्ध गराउनेछ ।
 
 त्यसैगरी डे एण्ड नाइट डाटा प्याकेज अन्तर्गत १०० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजे सम्म ५०० एमबी र बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म १०० एमबी डाटा सात दिनसम्म चलचान गर्न पाइनेछ ।
 
नाइट डाटा प्याकेज अन्तर्गत ४५ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म ५०० एमबी सात दिनसम्म र ९० रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म १२०० एमबी डाटा १५ दिनसम्म उपभोग गर्न पाइने नेपाल टेलिकम प्रवक्ता  प्रतिभा बैद्यद्वारा विज्ञाप्तिमा  छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ