arrow

मृगौला पिडित कार्कीलाई दुई लाख सहयोग

logo
प्रकाशित २०७३ फागुन २६ बिहिबार
kidney-damage-man.jpeg
काठमाडौं ।  नेपाल चाइनिज गाईड एशेसियसनले विश्व मृगौला दिवसको अवसरमा दुबै मृगौला विग्रिएका राजेन्द्र कुमार कार्कीलाई बिहिबार आर्थिक सहयोग उपलब्ध गराएको छ । एशोसियसनका अध्यक्ष आपुलाल अवालेले स्यांजा घर भई स्वयम्भूमा बस्ने ५४ वर्षीय कार्कीलाई उनकै निवासमा दुई लाख आठ हजार आठ सय रुपियाँ हस्तान्तरण गरेका हुन् ।
 
एशोसियसनका कार्यकारी सदस्य इश्वरीप्रसाद ज्ञवालीको नेतृत्वमा राजेन्द्र कार्की सहयोग अभियान संचालन गरी टुरिष्ट गाइडहरुबाट चार दिनमा सो रकम संकलन गरिएको थियो । कामकै सिलशिलामा केही महिना अधि कार्की नौ दिनसम्म बेहोस भएका थिए । उपचारका क्रममा उनका दुबै मृगौला काम नलाग्ने अवस्थामा पुगेको पत्ता लागेको थियो ।
 
हप्तामा तीन पटक डायलासिस गराउँदै आएका कार्कीले आर्थिक सहयोगको लागि एशोसियसनलाई अनुरोध गरेका थिए ।अध्यक्ष अवालेसहित उनको निवासमा पुगेका पदाधिकारीहरुले  शीघ्र स्वास्थ्य लाभको कामना गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ